ABOUT US

अर्घाखाँचीका सहयोगी हातहरु ः

आपत वा समस्या कहिलेपनि पूर्व जानकारी गराएर आाउदैन । नत यसले धन/गरिव, ठूलो/सानो, महिला/पुरुष विच विभेद नै गर्दछ । जो कोहीलाई जुनसुकै समयमा आपत/समस्या पर्न सक्ने भएको हुँदा यस विषयमा सवैको ध्याज जानुपर्ने देखिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै पैसाको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यका साथ अर्घाखाँची जिल्लाका उत्साही युवाहरुको सक्रियतामा अर्घाखाँचीका सहयोगी हातहरुको स्थापना गरिएको हो ।

अर्घाखाँचीका सहयोगी हातहरु सवैको साझा संस्था हो । समस्या परेकाहरुलाई सहयोग गर्ने सम्वन्धमा संस्थामा कुनै खालको विभेद गरिनेछैन । यस संस्थाको परिचालन तथा व्यवस्थापनको लागि यो अवधारणापत्र तयार पारिएको छ ।

संस्थाको नाम ः 

यस संस्थाको नाम अर्घाखाँचीका सहयोगी हातहरु रहनेछ ।

सस्था स्थापनाको उदेश्य ः 

१, कुनैपनि जिल्लावासी नागरिकलाई विरामी भई आर्थिक अभावको कारण ज्यान गुमाउनुपर्ने अवस्था आएमा उसको जीवन रक्षाको लागि आवश्यक आर्थिक सहयोग गर्ने ।

२, रोजगारीको क्रममा नेपाल वा नेपाल बाहिर विविध कारण ज्यान गुमाई उसका परिवार आर्थिक रुपमा जटिल अवस्था सृजना भई बालबालिका पढाई वा सामान्य जिवनयापन गर्न पाउने अवस्थाबाट बञ्चित भएमा ती बालबालिकाको लागि उचित प्रबन्ध गरिने छ ।

३, अर्घाखाँची जिल्लामा विभिन्न समयमा आइपर्ने दैवी प्रकोप, पहिरो, बाढी तथा आगलागीका कारण कुनैपनि परिवार समुदाय वा ब्यक्ति विचल्लीमा पर्ने अवस्था आएमा ती ब्यक्तिहरुलाई तत्काल राहतको प्रवन्ध गर्न पहल गर्ने । आवश्यकता अनसार न्यूनतम जीवनयापनको लागि आर्थिक सहयोग गर्ने ।

उद्धेश्य प्राप्तीका लागि गरिने उद्धेश्यहरु ः


१, यी उद्धेश्यहरुलाई कार्यान्वयन तहमा पु¥याई सेवा प्रदान गर्नका लागि एउटा परामर्श समिति (नाम परिवर्तन गर्न सकिने ) गठन गरिनेछ । अत्यावश्यक निर्णय लिनुपर्ने भएमा परामर्श समितिको निर्णयले काम काज सञ्चालन गरिनेछ ।.

२, संस्थाको आर्थिक व्यवस्थापनका लागि एउटा संस्थाको नाममा बैंक खाता सञ्चालन गरिनेछ । अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये दुईजनाको हस्ताक्षर चल्नेगरी बैंक खाता सञ्चालन गरी सोही खाता मार्फत काम कारवाही सञ्चालन गरिनेछ ।

३, संस्थालाई अगाडी बढाउनका लागि संस्थामा सहयोग कोष अभियन्ताहरु रहनेछन् । अभियन्ताहरुले मासिक रुपमा संस्थामा लेवी (सल्लाह गरेर तय गरिने ) बुझाउनेछन् । त्यस्तै जो कोही मान्छेले मानवियताका आधारमा संस्थामा आर्थिक सहयोग हस्तान्तरण गर्न सक्नेछ । त्यसैगरी कुनैपनि नेपाली वा विदेशी नागरिकले आफ्ना उत्सवहरु (विबाह, ब्रतबन्ध, पास्नी, जन्मदिन,  वा यस्तै कुनै खुसीको क्षेण)मा हुने खर्च कटौती गरी संस्थामा हस्तान्तरण् गर्न सक्नेछन् । 

४, संस्थामा लेवी बुझाउने अभियन्ताहरुको नाम, संकलन गरुेको लेवीको बिबरण वा आर्थिक रकम सहयोग गर्नेहरुको नामावली सहयोग गरेको राशी सहित अनलाईनमा प्रकाशन तथा प्रशारण गरिनेछ । हरेक महिनाको मसान्तको दिन महिनाभर संकलन भएको रकम र खर्च भएको रकमको विवरण प्रकाशित गरिनेछ । व्यक्तिगत वा संस्थागत रुपमा एक पटकमा २० हजार भन्दा बढी कोषमा प्रदान गर्नेको विवरण अर्घाखाँचीका स्थानीय पत्रिका÷अनलाईन मा प्रकाशन तथा स्थानीय रेडियोहरुबाट प्रशारण गरिनेछ ।

५, विशेष परिस्थितीमा बाहेक आर्थिक सहयोग गर्दा मूल रकम(साँवा) प्रयोग नगरी निश्चित समयको व्याज (हप्ता, महिना वा वर्ष) को हिसाव गरी प्रदान गरिनेछ ।

६, कुनैपनि व्यक्तिको लागि व्यक्तिगत रुपमा रकम संकलन गरिनेछैन । तर कोही व्यक्ति वा संस्थाले त्यस्ता व्यक्तिका लागि संकलित रकम पठाएको खण्डमा संस्थागत रुपमा हस्तान्तरण गरि सहयोग गर्न सकिनेछ ।

७, आवश्यक परेको खण्डमा, संस्थाको सेवा क्षेत्र बिस्तार गरी कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी, कम्प्युटर तथा जिन्सी सामग्रीको व्यवस्थापन गरी कार्यालय सञ्चालन गर्न सकिनेछ ।

बार्षिक मुखपत्र प्रकाशन ः

१, संस्थाले बर्षभरीमा गरेका काम, सहयोग अभियन्ताहरुको नामावली, विशेष समयमा सहयोग गर्नेहरुको नामावली, सहयोगदाता मध्येबाट एक जनाको अन्तरवार्ता (विशेष आर्थिक सहयोग प्रदान गरेको खण्डमा अभियन्ता पनि हुन सक्ने ), संस्था र यस सम्वन्धी प्रकाशित समाचारहरु संग्रहित गरि बार्षिक रुपमा “सहयोग नेपाल” नामक बार्षिक मखपत्र प्रकाशन गरिनेछ । आवश्यक विज्ञापन र स्रोतको व्यवस्थापन गरी बार्षिक क्यालेन्डर समेत प्रकाशित गर्न सकीनेछ । तर तर यी दुुवै प्रकाशनको लागि कोषको रकम प्रयोग गरिनेछैन । विज्ञापन र सहयोगबाट यी प्रकाशनहरु प्रकाशित हुनेछन् ।

२, वर्षभरीमा सवैभन्दा बढी सहयोग गर्ने सहयोगदातालाई “वर्षका सहयोगदाता”को रुपमा सम्मान गरिनेछ । जसको प्रेरणादायी अन्तरवार्ता बार्षिक मुखपत्रमा प्रकाशन गरिनेछ । त्यस्तै निरन्तर दुई वर्ष एउटै व्यक्ति वर्षका सहयोगदाता बन्न सफल भएमा त्रैबार्षिक उत्सवमा निजलाई विशेष सम्मान गरिनेछ ।

विविध ः

१, सहयोग गर्ने सहयोगदाता वा अभियन्ताले रकम सिधै बैंक खातामा जम्मा गर्न सक्नेछन् । तर रकम संकलन गरेको एक हप्ताभित्रमा बैंक भौचर अनिवार्य रुपमा इमेल मार्फत कार्यालयमा पठाउनुपर्नेछ । र बार्षिक रुपमा भौचरको ओरिजिनल प्रति कार्यालयमा पेश गर्नैपर्नेछ ।

२, कुनैपनि व्यक्ति वा संस्थालाई सहयोग प्रदान गर्दा परामर्श समितिले बैठक बसी निर्णय गर्नेछ । रकम सहयोग गर्न आवश्यक नठानेको खण्डमा सो बैठकको निर्णय सार्वजनिक गर्न अनिवार्य रहनेछैन । कसैको दवाव, प्रभाव वा आग्रहमा रकम हस्तान्तरण गरिनेछैन ।

३, संस्था सञ्चालन वा सहयोग प्रदान गर्ने सन्दर्भमा कुनैपनि लिङ्ग, समुदाय, जाती वा राजनीतिक रुपमा विभेद गरिनेछैन । संस्थाभित्र दलीय राजनीतिक गतिविधीहरुलाई पूर्ण रुपमा निषेध गरिनेछ ।

४, संस्थागत रुपमा विभिन्न कार्यक्रम तथा सभा समारोहको लागि कुनैपनि खालको चन्दा वा सहयोग प्रदान गरिनेछैन ।

यो प्रस्ताव मात्र हो । छलफल पछि थपघट तथा परिमार्जन गर्न सकिनेछ । पढिसकेपछि यहाँ मुनिको कमेन्ट बक्समा केही न केही प्रतिक्रिया दिनुहोला । 

No comments:

Post a Comment