Tuesday, April 28, 2015

८४ घण्टापछि अर्घाखाँचीका ऋषि जिवितै उद्धार

गत शनिवार गएको महाभुकम्पमा पुरिएका अर्घाखाँची जिल्लाको ढाकावाङ साम्नेगाउँ स्थाई घर भएका ऋषि खनाललाई प्रहरीले ८४ घण्टापछि काठमाण्डौको एक गेष्ट हाउसबाट हिजो सकुसल उद्धार गरेको छ । 

साम्नेगाउँ घर भएका खनाल विदेश जाने क्रममा काठमाण्डौ पुगेका थिए । खनाललाई १५ गते राती साढे १० बजे सकुशल उद्धार गरिएको थियो । अहिले उपचार हुँदै गरेका खनालको अवस्था खतरमुक्त रहेको प्रहरीले जनाएको छ । 

यसरी भेटिए खनाल
फूलबारी गेष्ट हाउसमा मानिस पुगिएको छ भन्ने खबर आएपछि सोमबार नै चिनियाँ टोली कुकुर समेत लिएर गौंगबु बसपार्क पुगेको थियो ।

उक्त क्षेत्रमा अर्को गेष्ट हाउस पनि त्यसरी नै भत्किाएको थियो । त्यहाँ पनि केही मानिस परेका छन् । तर, जिवित नभएको भन्दै टोली फर्कियो ।

मंगलबार सशस्त्र प्रहरीसँगै उद्दारका लागि नेपाल आएको फ्रेन्च टोली पुग्यो । उनीहरुसँग भग्नावशेषमा जिवित मानिस भए नभएको पत्ता लगाउने डिटेक्टर रहेछ । जसले फुलबारी गेष्ट हाउसमा जिवित मानिस हुन सक्ने बताएपछि आजाव दिन भनियो । तर, सकै रेस्पोन्स भएन ।
लगतै सशस्त्र प्रहरीका इनिस्पेक्टरभित्र पसेर कोही छ भने बोल्नुस् भने । तर, अवाज आएन । उनले कोही हुनुहुन्छ भने ढकढक्याउनुस् भने । लगतै केसैले आवाज दिएको सुनियो ।
त्यसपछि सुरु भने खनालले पुनर्जन्मको प्रक्रिया । फ्रान्सेली टोलीको सल्लाह अनुसार सशस्त्र प्रहरीको टोलीले ढलान काट्न सुरु गर्‍यो । त्यहाँबाट भित्र रहेका खनालसँगै अन्य दुई जना थाहा भयो ।
खनाल बाल्न सक्ने थिए । उनले आफूलाई बचाउन आग्रह गरे । नजिकैको अर्को गेष्ट हाउसमा थिचिएको मानिसको शवको गन्ध आउन थालिसकेको थियो । तर, सशस्त्र प्रहरीसँगैको अर्को गेष्ट हाउसमा भएको व्यक्तिलाई जिवितै उद्दार गर्न प्रयासरत थियो ।
सशस्त्र प्रहरीका महानिरीक्षक कोशराज वन्त आफैं उद्दार स्थलमा पुगेका थिए । उनले जिवित उद्दार पहिलो प्राथमिकता भएको बताए ।

निकै लामो समय लगाए ढकाल काटेपछि खनाललाई निकाल्न सकिन्छ भन्ने उद्दार टोलीको अनुमान थियो । तर, खनालको खुट्टा केहीले थेचेको रहेछ ।
तत्काल डाक्टरसहितको टीम पुग्यो । उनीहरुले खनाललाई भित्रै अक्सिजन दिए । उनीसँगै भएका व्यक्तिको टाउकोमा चोट लागेको थियो, रगत बगेको थियो । जसका कारण उनको मृत्यु भइसकेको रहेछ, डाक्टरसशितको टीमले हेरेपछि थाहा भयो ।

उद्दारकर्ताहरुले जग हालेर ढलानलाई केही उचाले र थप ढलान काटे र राति साढे १० बजे ढकाललाई जिवितै उद्दार गरिएको छ । उनलाई उद्दार गरेपछि एपीएफ र फ्रान्च टोलीले खुसी साटा साट गरेको छ ।

पुर्नजन्म पाएका ऋषिलाई हार्दिक बधाई ।



अनलाईन खवर डटकमको सहयोगमा

Monday, April 27, 2015

भूकम्प पिडितलाई राहत संकलनको लागि अर्घाखाँचीका सहयोगी हातहरुको अपिल

विनाशकारी महाभुकम्पका कारण नेपालमा भएको विनास र समस्यामा परेकाहरुको सहयोगको लागि राहत संकलन गर्न विश्वभर छरिएर रहेकाहरुलाई हार्दिक अनुरोध गर्दछौं । यहाँहरुबाट प्राप्त हुने राहत अर्घाखाँची जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ ।

Wednesday, August 13, 2014

मृगौला पिडितलाई प्रवासीको सहयोग

हरिप्रसाद नेपाली
साउन २८, अर्घाखाँची

युएईमा कार्यरत नेपालीले मृगौला रोगबाट पीडित अर्घाखाँचीका एक उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छन्  ।

दुबै मृगौलामा खराब भएका अर्घाखाँची डिभर्नाका शिवलाल श्रेष्ठको उपचारका लागि यूएईमा कार्यरत अर्घाखाँचीका वासिन्दाले ४३ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

श्रेष्ठको आर्थिक स्थिति कमजोर रहेको र सहयोगका लागि जिल्लाबाट अनुरोध आएपछि यूएईमा रहेका अर्घाखाँचीका वासिन्दाले एक हप्ता सहयोग संकलन गरेका थिए । सहयोग रकम आज नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विरामीको उपचारका लागि युएईमा रहेका नेपालीले सहयोग गरेका अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काले जानकारी दिए । श्रीमती, दुई छोरा र एक छोरीसँगै रहेका शिवलालको भैरहवामा उपचार भइरहेको छ । उपचारका लागि रकम नभएपछि समस्यामा परेका शिवलालको परिवारले सहयोग गर्न अपिल गरेको छ ।

Saturday, May 10, 2014

विदेशमा ज्यान गुमाएकाका परिवारलाई परदेशीहरुको सहयोग

सहयोग हस्तान्तरण गर्दै पत्रकार हरि प्रसाद नेपाली
केही महिना अघि कतारमा ज्यान गुमाएका अर्घाखाँची जिल्लाको किमडाँडा गा.वि.स. वडा नं. ५ खापडाँडाका रमाकान्त चुँदालीका परिवारलाई परदेशीएका अर्घाखाँचीवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

रोजगारीको लागि कतार पुगेको केही दिनमै ज्यान गुमाएपछि रमाकान्तको परिवार आर्थिक समस्यामा पर्ने भएपछि अर्घाखाँचीबाट रोजगारीको क्रममा विभिन्न मुलुकमा पुगेका अर्घाखाँचीवासीले स्वतस्फूर्त रुपमा संकलन गरेका थिए । संकलित रकम हिजो एक समारोहका विच रमाकान्तकी श्रीमती बसन्ता चुँदालीलाई हस्तान्तरण गरिएको हो ।

अर्घाखाँची जिल्लाको बाँगी घर भई हाल रोजगारीको क्रममा कतारमा रहेका राम प्रसाद पराजुलीले रु २५ हजार, अर्घा धरमपानी घर भई हाल रोजगारीको क्रममा इजरायलमा रहेका विष्णु प्रसाद भट्टराईले रु ५ हजार पाँच सय र काठमाण्डौबाट राजु पन्तले दुई हजार रकम संकलन गरेका थिए ।

अर्घाखाँचीका सहयोगी हातहरुको बारेमा

खासगरी पैसाको अभावमा कसैले पनि अकालमा ज्यान नगुमाउन भन्ने हाम्रो उद्धेश्य हो ।