Wednesday, August 13, 2014

मृगौला पिडितलाई प्रवासीको सहयोग

हरिप्रसाद नेपाली
साउन २८, अर्घाखाँची

युएईमा कार्यरत नेपालीले मृगौला रोगबाट पीडित अर्घाखाँचीका एक उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छन्  ।

दुबै मृगौलामा खराब भएका अर्घाखाँची डिभर्नाका शिवलाल श्रेष्ठको उपचारका लागि यूएईमा कार्यरत अर्घाखाँचीका वासिन्दाले ४३ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

श्रेष्ठको आर्थिक स्थिति कमजोर रहेको र सहयोगका लागि जिल्लाबाट अनुरोध आएपछि यूएईमा रहेका अर्घाखाँचीका वासिन्दाले एक हप्ता सहयोग संकलन गरेका थिए । सहयोग रकम आज नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विरामीको उपचारका लागि युएईमा रहेका नेपालीले सहयोग गरेका अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काले जानकारी दिए । श्रीमती, दुई छोरा र एक छोरीसँगै रहेका शिवलालको भैरहवामा उपचार भइरहेको छ । उपचारका लागि रकम नभएपछि समस्यामा परेका शिवलालको परिवारले सहयोग गर्न अपिल गरेको छ ।