Saturday, May 10, 2014

विदेशमा ज्यान गुमाएकाका परिवारलाई परदेशीहरुको सहयोग

सहयोग हस्तान्तरण गर्दै पत्रकार हरि प्रसाद नेपाली
केही महिना अघि कतारमा ज्यान गुमाएका अर्घाखाँची जिल्लाको किमडाँडा गा.वि.स. वडा नं. ५ खापडाँडाका रमाकान्त चुँदालीका परिवारलाई परदेशीएका अर्घाखाँचीवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

रोजगारीको लागि कतार पुगेको केही दिनमै ज्यान गुमाएपछि रमाकान्तको परिवार आर्थिक समस्यामा पर्ने भएपछि अर्घाखाँचीबाट रोजगारीको क्रममा विभिन्न मुलुकमा पुगेका अर्घाखाँचीवासीले स्वतस्फूर्त रुपमा संकलन गरेका थिए । संकलित रकम हिजो एक समारोहका विच रमाकान्तकी श्रीमती बसन्ता चुँदालीलाई हस्तान्तरण गरिएको हो ।

अर्घाखाँची जिल्लाको बाँगी घर भई हाल रोजगारीको क्रममा कतारमा रहेका राम प्रसाद पराजुलीले रु २५ हजार, अर्घा धरमपानी घर भई हाल रोजगारीको क्रममा इजरायलमा रहेका विष्णु प्रसाद भट्टराईले रु ५ हजार पाँच सय र काठमाण्डौबाट राजु पन्तले दुई हजार रकम संकलन गरेका थिए ।

अर्घाखाँचीका सहयोगी हातहरुको बारेमा

खासगरी पैसाको अभावमा कसैले पनि अकालमा ज्यान नगुमाउन भन्ने हाम्रो उद्धेश्य हो ।